लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष खनालले सम्हालिन् कार्यभार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लायन्स क्लव अफ तनहुँ सत्यवतीकी अध्यक्ष खनालले सम्हालिन् कार्यभार

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८१, मंगलवार

    दमाैली । लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालले आफ्नो कार्यभार सम्हालेकी छन् । लायन वर्ष २०२४/२५ का लागि अध्यक्षमा चयन भएकी खनालले जुलाई १ तारिखबाट आफ्नो कार्यभार सम्हालेकी हुन् ।

    सोमबार लायन्स क्लब अफ तनहुँ सत्यवतीकी वर्ष २०२३/२४ की अध्यक्ष रामशोभा श्रेष्ठले लायन वर्ष २०२४/२५ कि अध्यक्ष खनाललाई कार्यभार सुम्पेकी हुन्।

    सोही कार्यक्रममा वर्ष २०२३/२४ कि कोषाध्यक्ष कल्पना भट्टराईले क्लबको आयव्यय प्रस्तुत गरेकी थिइन् ।