सम्पर्कविहिन भनिएका आँबुखैरेनीका नवदम्पत्ति भेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सम्पर्कविहिन भनिएका आँबुखैरेनीका नवदम्पत्ति भेटिए

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    दमाैली । तीन दिनदेखि सम्पर्कविहिन भएका तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ का नवदम्पत्ति भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका-४ दुवावेशीका साैरभराज गुरुङ र उनकी श्रीमती पाेखरामा शकुसल भेटिएका हुन् । उनीहरु पाेखरास्थित विश्व परिवारकाे ध्यान शिविरमा रहेकाे खुलेकाे छ ।

    आँबुखैरेनी-४ का वडा सदस्य प्रेमबहादुर गुरुङले मङ्गलबार मात्रै सामाजिक सञ्जाल मार्फत् उनीहरु सम्पर्कविहिन भएकाले खाेजीका लागि सहयाेग गर्न अनुराेध गरेका थिए ।

    चार वर्षदेखि साउदीमा रहेका उनी केही समय अगाडी बिदामा आएका थिए । बिदामा आएका बेला उनले विवाह गरेका थिए । विवाह पश्चात् पाेखरा घुम्न जाने भनेर हिँडेका उनीहरुले परिवारलाई खबर नगरेपछि परिवार चिन्तित बनेका थिए ।