सुदीपको खाना खुवाउने अभियानमा सौन्दर्य व्यवसायी संघको १० हजार ५५ सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुदीपको खाना खुवाउने अभियानमा सौन्दर्य व्यवसायी संघको १० हजार ५५ सहयोग

    खबरपुञ्ज संवाददाता

    १९ असार २०८१, बुधबार

    दमौली । युवा अभियान्ता सुदीप गफ्फारको खाना खुवाउने अभियानमा सौन्दर्य व्यवसायी संघ तनहुँले आर्थिक सहयोग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई निशुल्क खाना खुवाउँदै आएका गफ्फारको अभियानमा संघले बुधबार १० हजार ५५ सहयोग गरेको हो ।

    संघकी अध्यक्ष मन्जु पिया श्रेष्ठले अभियान्ता गफ्फारलाई उक्त रकम हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र कामका लागि सहयोग गरिएको बताइन् ।

    गत जेठ १९ गतेबाट सञ्चालित अभियान अन्तर्गत हालसम्म ६ हजार बढीले निशुल्क खाना खाएका छन् । प्रशासनमा बिहान ५ बजेदेखि आउने सेवाग्राहीलाई खाना खाने समय नमिल्ने भएपछि गफ्फारले यो अभियान सुरु गरेका थिए ।