सुदीपकाे निशुल्क खाना खुवाउने अभियान आज र भाेलिमात्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुदीपकाे निशुल्क खाना खुवाउने अभियान आज र भाेलिमात्रै

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमाैली । सामाजिक अभियान्ता सुदीप गफ्फारकाे निशुल्क खाना खुवाउने अभियान अब दुई मात्रै सञ्चालन हुने भएकाे छ । गफ्फारले आज बिहीबार र भाेलि शुक्रबार उक्त अभियान सञ्चालन गरी समापन गर्ने जानकारी दिएका छन् ।

    जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउन बिहानैदेखि आउने ज्येष्ठ नागरिकलाई लक्षित गरी उनले गत जेठ १८ गतेबाट याे अभियान सुरु गरेका थिए । याे अवधिमा ६ हजार भन्दा बढीलाई निशुल्क खाना खुवाइएकाे उनले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबारदेखि बिहान १० बजेदेखि मात्रै सेवा दिने तयारी गरेसँगै गफ्फारले पनि याे अभियान अन्त्य गर्न लागेका हुन् । कार्यालयले यसअघि बिहान ७ बजेदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवा दिइरहेकाे छ ।

    उनले भने, ‘कार्यालयमा बिहान ५ बजेदेखि नै लाइनमा बस्ने बुबाआमालाई खाना खाने समय नमिलेपछि कार्यालय नजिकैकाे चाैतारामा निशुल्क खानाकाे व्यवस्था गरेका थियाै । राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहमै व्यवस्था भएकाे छ। अब सेवाग्राहीकाे चाप घट्दै गएकाले अभियान समापनकाे चरणमा पुगेका हाै ।”

    यस अभियानमा सहयाेग गर्ने सबै दाताप्रति उनले आभार व्यक्त गरेका छन् ।