सम्पादक भट्टराई सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सम्पादक भट्टराई सम्मानित

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमौली । अपाङ्गता अधिकारको पक्षमा कलम चलाए बापत नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सह्रदयी मन्च तनहुँ, नेपालको दोस्रो स्थापना दिवसको अवसरमा बिहिवार दमौलीमा आयोजित कार्यक्रममा अपाङ्गता आन्दोलनको पक्षमा कलम चलाए बापत सम्पादक भट्टराईलाई सम्मान गरिएको संस्थाकी अध्यक्ष सावित्री सुवेदीले जानकारी दिईन् । उक्त स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीले सम्पादक भट्टराईलाई सम्मान गरेका थिए ।

    सह्रदयी मन्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख सुवेदी, व्यास नगरपालिकाकी महिला बालबालिका,जेष्ठ नागरिक तथा अपाङ्गता शाखा प्रमुख राधा आचार्य, उक्त संस्थाका सल्लाहकार मदन पौडेल, पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, राष्ट्रिय अपाङ्ग महासंघ गन्डकी प्रदेशका सचिव कृष्णप्रसाद अधिकारी, अपाङ्गता महिला सरोकार समाजकी अध्यक्ष सितादेवी कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन संस्थाकी सचिव कृष्णा थापाले गरेकी थिईन् ।