आँबुखैरेनीकाे हिलेखर्कमा चिया बगान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे हिलेखर्कमा चिया बगान

    खबरपुञ्ज संवाददाता

    २० असार २०८१, बिहीबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित बतासे डाँडामा चिया बगान स्थापना गर्न चियाको बेर्ना रोपिएको छ । आँबुखैरेनी गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कृषि पर्यटनका लागि चिया बगान स्थापना कार्यक्रम अन्तर्गत बतासे डाँडामा चिया बेर्ना रोपिएको हो ।

    प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि विकास शाखाको संयुक्त कार्यक्रम बमोजिम यस ठाउँमा चिया बगान स्थापना गर्न लागिएको कृषि विकास शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। बतासे डाँडाको १५ रोपनी क्षेत्रफलमा चार हजार दुई सय चियाको बेर्ना रोपिएको केसीले जानकारी दिए ।

    May be an image of 5 people

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हिलेखर्कलाई पर्यटकीय स्थलसँगै चिया बगानको केन्द्र बनाउने लक्ष्य राखिएको जानकारी दिए। तीन वर्षभित्र चिया बगानले आकार लिने आशा गरिएको उनकाे भनाइ छ । उनले भने, “आफ्नै चिया ब्रान्ड बनाउने लक्ष्य सहित अगाडी बढेका छौ । चिया बगानले आकार लिएपछि यस ठाउँ घुम्न आउने पर्यटकको केन्द्र समेत बन्नेछ ।”

    May be an image of 5 people and tree
    May be an image of 5 people, people climbing and tree