सुदीपको अभियान ३२ दिनमा सकियो, ६५०० लाई निशुल्क खाना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुदीपको अभियान ३२ दिनमा सकियो, ६५०० लाई निशुल्क खाना

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८१, शुक्रबार

    दमौली । युवा अभियान्ता सुदीप गफ्फारको निशुल्क खाना खुवाउने अभियान ३२ दिनमा शुक्रबार सकिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई खाना खुवाउने अभियान शुक्रबार सकिएको हो ।

    यस अभियानका क्रममा ६ हजार पॉच सय बढीलाई खाना खुवाइएको छ । अभियान सफल पार्न विभिन्न व्यक्ति, सङ्घसंस्थाले सहयोग पुर्याएको गफ्फारले उल्लेख गरे । उनले भने, ‘सुरुमा अभियान सुरु गर्दा के होला, कसो होला भन्ने लागेको थियो । पछि धेरै सहयोगी जोडिनुभयो, आजसम्म यो अभियान सफल पार्न सबैको महत्वपूर्ण भूमिका रह्यो ।’

    राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकलाई बिहानै खाना खान समय नमिलेका कारण गफ्फारले यो अभियान थालेका थिए ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबारदेखि बिहान १० बजेपछि मात्रै सेवा प्रवाह सुरु गर्ने तयारी गरेकाे छ । यसअघि बिहानै ७ बजेदेखि सेवा सुरु गरिएकाे थियाे । स्थानीय तहमै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनका लागि दर्ता सुरु गरिएसँगै प्रशासनमा सेवाग्राहीकाे चाप घट्दाे छ ।