तनहुँकाे घिरिङमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    तनहुँकाे घिरिङमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहँुको घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तीमा जङ्गली च्याउ खाँदा शनिबार तीन जना बिरामी भएका छन् ।

    च्याउ खाँदा स्थानीय ६० वर्षीया लिलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बिरामी तीन जनालाई स्थानीय धुलिखेल अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि मेट्रोसिटी अस्पताल रामपुर पाल्पा पठाइएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।