दमाैली । तनहुँकाे ऋषिङ गाउँपालिका-१ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावरको सुरुङ
मार्ग भन्दा बाहिर काम गरी रहेको अवस्थामा ढुङ्गा लागेर शनिबार एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा साेही वडाकाे मालिङगा बस्ने ५० वर्षीय कृष्ण बहादुर पुलामी रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । घाइते उनलाई दमाैली अस्पताल पठाइएकामा उपचारका क्रममा उनकाे मृत्यु भएकाे थियाे ।
ढुङ्गा लागेर लमजुङकाे सुन्दरबजार नगरपालिका-२ बस्ने ५१ वर्षीय समलाल श्रेष्ठ घाइते भएका छन् ।