पहिरामा पुरिएर बेपत्तामध्ये एकको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पहिरामा पुरिएर बेपत्तामध्ये एकको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    २२ असार २०८१, शनिबार

    दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरामा परेर आज बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । अविरल वर्षाका कारण शनिबार दिउँसो गएको पहिरामा परेर बेपत्ता ४० वर्षीया हिरा नेपालीको शव भेटिएको हो ।

    पहिरामा परी बेपत्ता ३७ वर्षीया अनिषा बास्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए। पहिरामा परेर बेपत्ता भएकाको नेपाली सेना, प्रहरी, स्थानीयवासीको सहयोगमा खोजी कार्य भइरहेको उनकाे भनाइ छ ।

    हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरा आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयले मिलेर निकाल्ने क्रममा पहिरामा पुरिएर तीन जना बेपत्ता भएका थिए । त्यस्तै पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

    घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।