पृथ्वीराजमार्गको शेरा खण्ड १२ घण्टामा खुल्यो, मनहरिमा गाडी फसेर अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पृथ्वीराजमार्गको शेरा खण्ड १२ घण्टामा खुल्यो, मनहरिमा गाडी फसेर अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा कल्भर्ट बगाएर अवरुद्ध भएको सडक १२ घण्टापछि खुलेको छ । शनिबार दिउँसो ४ बजे वर्षाका कारण फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा अवरुद्ध भएको उक्त खण्ड आइतबार बिहान ४ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

    खोलाले बगाएको ठाउँमा पुनः कल्भर्ट राखेर सवारी साधन सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

    यस्तै म्याग्दे गाउँपालिका–४ मनहरिमा हिलाम्य भएको सडकमा सवारी साधन फस्दा सवारी चाप बढ्ने गरेको छ । वर्षाका कारण सडक हिलाम्य हुँदा सवारी साधन फस्ने समस्याले सवारी चाप बढेको हो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत उक्त ठाउँमा सडक कालोपत्रमा ढिलाइ हुँदा वर्षाका बेला यो खण्डमा सवारी साधन सञ्चालनमा समस्या हुँदै आएको छ ।