शुक्लागण्डकीमा पहिराले पुरिएर बेपत्ता तीन जनाकै शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा पहिराले पुरिएर बेपत्ता तीन जनाकै शव भेटियो

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिराले घर पुरिएर बेपत्ता थप दुई जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले आइतबार बिहान थप दुई जनाको शव फेला पारेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायका अनुसार पहिराले पुरिएर बेपत्ता सोही ठाउँका ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाको शव फेला परेको छ । यसअघि शनिबार राति नै ४० वर्षीया हिरा नेपालीको शव फेला परेको थियो ।

    हिरा नेपाली र सुनमाया कुमालको घरमाथिबाट पहिरा आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयले मिलेर निकाल्ने क्रममा पहिरामा पुरिएर तीन जना बेपत्ता भएका थिए । त्यस्तै पहिरामा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीय रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् ।

    घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।