मिस नेपालको टप १०मा छानिइन् तनहुँकी राउत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिस नेपालको टप १०मा छानिइन् तनहुँकी राउत

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८१, आईतवार

    दमौली । मिस नेपाल २०२४ को टप १० मा तनहुँकी करुणा राउत छनोट भएकी छन् । भोटको आधारमा राउत प्रतियोगिताको दोस्रो चरणमा टप १० मा छनोट भएकी हुन् ।

    भोटिङ प्रकृया जारी रहेकाले अझै भोटको अपेक्षा गरेको राउतले उल्लेख गरेकी छन् । टप १० मा पुर्याउन सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरिन् ।

    १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी उनी यसअघि मिस एसएलसी पोखरा-२०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् ।

    उनीसँग अस्ट्रेलियाको सांसदले सञ्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ ।उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् ।

    विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् ।

    वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर काम गरेकी उनीसँग बूमटाउन शिखर सम्मेलनमा सहभागी भएको अनुभव पनि छ ।

    सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अस्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद् भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् ।