निस्कासनपछि मुकुल ढकालको टिप्पणी : रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निस्कासनपछि मुकुल ढकालको टिप्पणी : रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित भएपछि महामन्त्री मुकुल ढकालले आफू सभापति रवि लामिछानेको क्लबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन्। 

    मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय कमिटी बैठकले महामन्त्री ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी निस्कासित गरेको थियो। 

    त्यसपछि उनले सामाजिक सञ्जाल फेसबूकमा प्रतिक्रिया दिँदै रास्वपाभित्र घन्टी बज्न नरोकिने टिप्पणी गरेका हुन्। 

    उनले भनेका छन्, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि ….’