महिला एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिला एसिया कप क्रिकेटको पहिलो अभ्यास खेलमा नेपाल पराजित

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको छ ।

    पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो ।

    नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाएकी थिइन् । सीता रानामगरले ११ रन जोडेकी थिइन् । त्यसअघि बलिङमा नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । एसीसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलङ्कामा छ ।