दाउरा तान्ने क्रममा भादगाउँका थापा बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दाउरा तान्ने क्रममा भादगाउँका थापा बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    दमौली । तनहुँको व्यास नगरपालिका-१ स्थित छाब्दी खोला दोभानमा बुधबार दाउरा तान्ने क्रममा एक जना बेपत्ता भएका छन् । बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा नदीले बगाउँदा भादगाउँका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका हुन् ।

    बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा अचानक नदीमा आएको भेलले थापालाई बगाएको प्रहरीले जनाएको छ । नदीले बगाएका व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाई छ ।