तनहुँको विकासमा ध्यान दिन राष्ट्रपतिलाई कांग्रेस नेताहरुको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको विकासमा ध्यान दिन राष्ट्रपतिलाई कांग्रेस नेताहरुको आग्रह

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    दमौली । नेपाली कांग्रेस तनहुँका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जिल्लाको विकास निर्माणलाई ध्यान दिन आग्रह गरेका छन् ।

    कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल लगायत जिल्लाका नेताहरुले बुधबार राष्ट्रपति पौडेललाई भेटी जिल्लाको विकास निर्माणलाई सधैं प्राथमिकता दिन आग्रह गरेका हुन् ।

    तनहुँ-१ को सांसद हुँदा पौडेलले चासो राख्दै आएका बुद्धसिंह मार्ग, श्रृंगपथ, भानु जन्मस्थल विकास समिति लगायतलाई उच्च प्राथमिकता दिन ध्यानाकर्षण गराइएको कांग्रेस तनहुँका सचिव खनालले खबरपुञ्जलाई जानकारी दिए। उनले भने, ‘विगतमा तनहुँको जनप्रतिनिधि हुँदा पौडेलले सुरु गर्नुभएको योजनालाई पूर्णता दिन ध्यानाकर्षण गराएका छौ । आज उहॉको जिम्मेवारी समग्र देशको अभिभावक भएपनि गृहजिल्लालाई प्राथमिकता दिन आग्रह गरेका हौ ।’