काउरे पहिरो पीडितलाई शुक्लागण्डकी उद्योग वाणिज्य संघको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काउरे पहिरो पीडितलाई शुक्लागण्डकी उद्योग वाणिज्य संघको सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेका पहिरो पीडितलाई शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ ।

    शनिबार गएको पहिरोबाट घर पुरिदा मृत्यु भएका ४० वर्षीया हिरा नेपाली, ६५ वर्षीय श्याम भण्डारी र ३७ वर्षीया अनिषा बास्तोलाका परिवारलाई सहानुभूति स्वरुप जनही रु सात हजार पॉच सयका दरले आर्थिक सहयोग गरिएको संघका उपाध्यक्ष सुजित हिराचनले जानकारी दिए ।

    त्यसक्रममा संघका अध्यक्ष विमलप्रसाद रिमाल, वरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ, महासचिव उपेन्द्र तिमिल्सना,सचिव ऋषि बहादुर बस्नेत, कोषाध्यक्ष विनोद मल्ल लगायत सहभागी थिए ।