प्रशासनमा परिचयपत्र दर्ताका लागि अब नियमित कार्यालय समयभित्र सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनमा परिचयपत्र दर्ताका लागि अब नियमित कार्यालय समयभित्र सेवा

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    दमाैली । राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि बिहान ७ बजेदेखि काम हुँदै आएकामा अब १० बजेदेखि मात्रै हुने भएको छ । यसअघि सेवाग्राहीको चाप बढेसँगै बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म काम हुँदै आएकामा गत आइतबारदेखि १० बजेदेखि ५ बजेसम्म मात्र परिचयपत्र सम्बन्धी कार्य गरिने प्रशासनले जनाएको छ ।

    परिचयपत्र विवरण दर्ताका लागि स्थानीय तहमै जनशक्ति खटाइएको र प्रशासनमा भीड कम हुँदै गएकाले नियमित समयभित्रै सेवा प्रवाह गरिने प्रशासनका प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।