आज रातिदेखि मनसुन पुन: सक्रिय, तनहुँ उच्च जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज रातिदेखि मनसुन पुन: सक्रिय, तनहुँ उच्च जोखिममा

    खबरपुञ्ज संवाददाता

    २६ असार २०८१, बुधबार

    काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नेपालमा मनसुन पुनः सक्रिय हुने बताएको छ ।

    बुधबार एक सुचना जारी गर्दै महाशाखाले आगामी तीन दिन ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेको चेतावनी दिएको हो । कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने महाशाखाले जनाएको छ ।

    आगामी तीन दिन बाढी, पहिरो, डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    आज राति कोशी, बागमती र गण्डकीसहित मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएको छ ।

    मनसुनी न्यूनचापीय रेखा आज रातिबाट नेपालतिर सर्ने भएको र पश्चिमी न्यून प्रणाली पनि सक्रिय हुने सम्भावना रहेकाले धेरै पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशका १३, मधेशका ८, बागमतीका ७, गण्डकीका ९, लुम्बिनीका ६ जिल्ला उच्च जोखिममा रहेका छन् ।