नदीले एक जना बेपत्ता भएपछि दाउरा निकाल्न रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीले एक जना बेपत्ता भएपछि दाउरा निकाल्न रोक

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    दमौली । व्यास नगरपालिका-१ छाब्दीदोभानमा बुधबार दाउरा तान्ने क्रममा व्यास-१ का तालबहादुर थापा बेपत्ता भएपछि त्यस क्षेत्रमा दाउरा निकाल्न रोक लगाइएको छ ।

    सेती नदीमा आएको बाढीका क्रममा बगाएर ल्याएको दाउरा निकाल्न गएका उनलाई नदीले बगाएको थियो।बिहीबार त्यस क्षेत्रमा प्रहरीले दाउरा निकाल्न रोक लगाएको छ।

    वर्षा हुने क्रम नरोकिएको र जोखिम रहेकाले नदी तथा खोला आसपास नजान तनहुँ प्रहरीले आग्रह गरेको छ ।