बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    दमौली । बन्दीपुर गाउँपालिका-४ स्थित बन्दीपुर हिलमा साउन महिनाभर ‘शिव महिम्नाहा उत्सव’ हुने भएको छ ।

    भगवान शिवजीको भक्ति र महिमा गान गर्ने उद्धेश्य सहित बन्दीपुर हिलमा साउन १ देखि महिनाभर नै शिव महिम्नाहा उत्सव गर्न लागिएको हो ।

    त्यसक्रममा प्रत्येक सोमबार बोलबम, मर्स्याङ्दी नदीदेखि सिद्धेश्वर महादेव, तेत्तीसकोटी देवी देवताको दर्शन साथै केबलकारको सवारी गर्न सकिने बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

    यस्तै प्रत्येक सॉझ आरतीको व्यवस्था समेत मिलाइएको छ ।

    बन्दीपुर हिलमा सुविधासम्पन्न रेष्टुरेण्ट, केबलकार, जिप लाइन र साइक्लिङ सञ्चालनमा आइसकेको छ ।