म्याग्देकाे रु ६७ करोड ४९ लाख २९ हजारकाे बजेट पारित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    म्याग्देकाे रु ६७ करोड ४९ लाख २९ हजारकाे बजेट पारित

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तुत गरेकाे रु ६७ करोड ४९ लाख २९ हजारको बजेट पारित गरेको छ । गाउँपालिकाकाे बिहीबार सम्पन्न गाउँसभाकाे १६ औ अधिवेशनले असार १० गते प्रस्ताव गरेको बजेट सहित नीति योजना तथा कार्यक्रम सुझाव सहित पारित गरेकाे हाे ।

    गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सभामा पालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले चालु तर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ २२ करोड ६५ लाख बजेट प्रस्तुत गरेका थिए ।