नुहाउने क्रममा चुँदी खोलाले बगाएर बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नुहाउने क्रममा चुँदी खोलाले बगाएर बेपत्ता

    खबरपुञ्ज संवाददाता

    २९ असार २०८१, शनिबार

    दमाैली । तनहुँको भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर आज एक जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय निमबहादुर मस्राङ्गी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको सहयोगमा खोजी कार्य भइरहेको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।