जबरजस्ती करणीको अभियोगमा तनहुँमा चार जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणीको अभियोगमा तनहुँमा चार जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    दमाैली । जबरजस्ती करणीको अभियोगमा तनहुँमा चार जना पक्राउ परेका छन् । भिमाद नगरपालिकाबाट तीन र देवघाट गाउँपालिकाबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका–५ वाङटेङटार बस्ने ४३ वर्षीय चित्रबहादुर कामी र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । गत असार १५ गते ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका–८ राङरूङ बस्ने ३० वर्षीय वीरेन्द्र परियार पक्राउ परेका छन् । परियारले ती बालिकालाई सोही नगरपालिका–८ अर्चलेस्थित मकै बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यसैगरी ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देवघाट गाउँपालिका–३ गोन्द्राङ बस्ने ६५ वर्षीय झाम्टे थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिलालाई सोही ठाउँस्थित मकै बारीमा गत बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।