केपी ओली सरकारको पहिलो निर्णय : क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केपी ओली सरकारको पहिलो निर्णय : क्रिकेट मैदानलाई सुविधासम्पन्न बनाउने

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    काठमाडौ । सरकारले क्रिकेट खेलमैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि सोमबार सॉझ बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले
    कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने निर्णय गरेको छ ।

    जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।