चारु साहित्यको उन्नयन र विकासमा योगदान दिने चारुकार सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चारु साहित्यको उन्नयन र विकासमा योगदान दिने चारुकार सम्मानित

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८१, सोमबार

    दमौली । चारु साहित्यको उन्नयन र विकासमा योगदान दिने चारुकार तनहुँको भानुमा सम्मानित भएका छन् । २११औं भानु जयन्ती तथा चारु साहित्य प्रतिष्ठानको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित दुई दिवसीय कार्यक्रममा नेपाल, भारत, जापान, बेलायतमा बसेर गजल शुद्धीकरण अभियान अन्तर्गत चारु साहित्यको उन्नयन र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चारुकारलाई सम्मान गरिएको हो

    सो अवसरमा २७ जना विशिष्ट चारुकारलाई चारु एम्बेस्डर सम्मान , ५४ जना चारुकारलाई आदिकवि भानुभक्त आचार्य चारु सम्मान प्रदान गरिएको छ ।

    सो वर्ष चारु सङ्ग्रह प्रकाशित गर्ने पी एस यादव दिल्ली, महेश मार्सेली सिराहा र ज्ञान प्रकाश उपाध्याय संभल उत्तरप्रदेशलाई चारु प्रवीण पदक र नगद पुरस्कार, चारु गीत लेख्ने चारुकार लक्ष्मीप्रसाद मिश्र लमजुङ र चारु गीत गाउने गायिका बबिना भट्टराईलाई नगद पुरस्कार सहित चारु सम्मान प्रदान गरिएको थियो।

    कार्यक्रममा चारु प्रतिष्ठानले डा. घनश्याम न्यौपाने “परिश्रमि” लाई मनु ब्रजाकी चारु सम्मान र गीतल प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीलाई नेपाल भारत सेतु चारु सम्मान प्रदान गरेको छ। ती सबै पुरस्कार र सम्मान भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, भानु विकास समितिका अध्यक्ष ऋषिराम पन्त र कार्यकारी निर्देशक शंकर रानाभाट र चारु प्रतिष्ठानका अध्यक्ष डा देवी पन्थीको हातबाट प्रदान गरिएको थियो।