दमाैली । तनहुँ अदालतले आर्थिक वर्ष २०८०÷८१ मा दुई हजार २८ थान मुद्धा फछ्र्यौट गरेको छ । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरिआएका एक हजार एक सय एक र नयाँ दर्ता एक हजार छ सय ६५ गरी कूल दुई हजार सात सय ६६ मुद्धा रहेका थिए । त्यसमध्ये दुई हजार २८ थान मुद्धा फछ्र्यौट भइ सात सय ३८ थान मुद्धा बाँकी रहेको श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।
अदालतले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक हजार आठ सय २३ मुद्धा फछ्र्यौट गरेको थियो । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरीआएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्धा थियो ।
अदालतमा गत आर्थिक वर्षदेखि तीन न्यायाधीशको दरबन्दी कायम भएसँगै पुराना मुद्धालाई शुन्यमा झार्ने नीति लिइएको जिल्ला न्यायाधीश कमलराज विष्टले बताए।
अदालतमा आर्थिक वर्ष २०८०÷८१ मा जिम्मेवारी सरिआएका र नयाँ दर्ता समेत गरी सम्बन्धविच्छेदका सात सय ८४ मुद्धा रहेकामा छ सय ७२ फछ्र्यौट, अंशका चार सय ५५ मुद्धा रहेकामा तीन सय एक फछ्र्यौट, चेक अनादरका एक सय ८४ मुद्धा रहेकामा एक सय ३४ फछ्र्यौट, लेनदेनका एक सय २१ मुद्धा रहेकामा ७८ फछ्र्यौट, लागुऔषधका एक सय २२ मुद्धा रहेकामा ९४ फछ्र्यौट, चोरी डाँका नकबजनीका एक सय छ मुद्धा रहेकामा ८४ फछ्र्यौट, जालसाजीका एक सय ६० मुद्धा रहेकामा एक सय ११ थान मुद्धा फछ्र्यौट भएका छन् ।
त्यस्तै बैङ्किङ कसुरका ४३ मुद्धा रहेकामा तीन फछ्यौट, जबरजस्ती करणीका ६७ मुद्धा रहेकामा ३९ फछ्र्यौट, सवारी ज्यान अङ्भङ्गका ४५ मुद्धा रहेकामा ३८ फछ्र्यौट, घरेलु हिंसाका १३ मुद्धा रहेकामा तीन फछ्र्यौट र अन्य छ सय ६६ मुद्धा रहेकामा चार सय ७१ मुद्धा फछ्र्यौट भएको जिल्ला श्रेस्तेदार पौडेलले जानकारी दिए। उनले भने, “अदालतले लगतको तुलनामा ७३।३१ प्रतिशत मुद्धा फछ्र्यौट गर्न सफल भएको छ ।”