पोखरामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८१, शुक्रबार

    पोखरा । पोखरा महानगरपालिका-२३ घाँटी छिनास्थित हर्पनखोलामा शुक्रबार पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार पाेखरा महानगरपालिका-१ माेहरिया टाेलका १८ वर्षीय प्रकृत बुद्वचार्य र पाेखरा महानगरपालिका-२ बागलुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

    उनीहरुको शव सशस्त्र प्रहरी बल कालिका गणबाट गएको टोलीले उद्धार गरी निकालेको गणपति (एसपी) अरूण शर्मा पौडेलले जानकारी दिए ।