त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    काठमाडौ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ।

    उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्।

    उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।

     असार २८ गते सिमलतालस्थित सिँदुरे खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन।

    दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना अझै बेपत्ता छन्।