माओवादी नेतृत्वलाई शुक्लागण्डकी नगर अध्यक्ष गुरुङले दिए यस्ताे सुझाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी नेतृत्वलाई शुक्लागण्डकी नगर अध्यक्ष गुरुङले दिए यस्ताे सुझाव

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८१, शनिबार

    दमाैली । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले नेतृत्वलाई सङ्गठन सुदृढीकरणलाई प्राथमिकता दिन आग्रह गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे सरकार ढलेपछि गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत् नेतृत्वलाई समाजवादी मोर्चा भन्दा पार्टीको संगठन सुदृढीकरण र ध्रुविकृत माओवादी पार्टीहरुलाइ एकतामा ल्याउन प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘विशेष परिस्थितिमा माओवादी नेतृत्वको सत्ता ढल्दा पनि यसपालि निकै सुनौलो अवसर लिएर बाहिरीएको छ । बदलिँदो सबै परिस्थितिलाई सम्हाल्न सके माओवादी आन्दोलन पुनः जुर्मुराउनेछ ।’

    उनले प्रचण्डले डा. भट्टराईलाई धोका दिएकाे उल्लेख गर्दै सम्बन्ध सुदृढ गरि नेसपा र बिप्लबसँग पार्टी एकताको गतिलाइ अगाडी बढाउन माग गरेका छन् । त्यस्तै आहुती र गोपाल किरातीलाई पनि एकताको प्रक्रियामा ल्याउन प्रयत्न गर्न उनकाे सुझाव छ।

    गुरुङले सरकारमा रहँदा गरिएका सुशासन, सामाजिक न्याय, विकासका नयाँ योजना, दुई आव सम्म ल्याइएको विवादरहित बजेट, भ्रष्टाचारजन्य गतिविधिको निरुपण जस्ता गतिविधिको जनतासम्म प्रचार गर्ने कार्यक्रम तय गरि लागू गर्न माग गरेका छन्

    सबै केन्द्रीय सदस्यहरुलाइ मिसन ८४ को जिम्मेवारी (कम्तीमा वडा र पालिका जित्ने ठोस टार्गेट) सहित आ- आफ्नो जिल्ला केन्द्रित जिम्मेवारीमा पठाउन, पार्टीको विधान बनाउने तर लागू नगर्ने वा विधान विपरित अराजक संगठन बनाउने कमजोरी अन्त्य गर्न, संगठन निर्माणमा टिके प्रथालाइ निरुत्साहित गरि तलदेखि माथिसम्म निर्वाचन प्रणाली लागू गर्न माग गरेका छन् ।

    साथै अबको बाँकी अवधि सत्ताकाे खेलमा नलागी प्रभावकारी प्रतिपक्षीको भुमिकामा रहने गरि पार्टीलाई क्रान्तिकारी धारमा अगाडि बढाउन उनकाे माग छ ।