दमौली । तनहुँमा बस चालकले फेला पारेको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । शुक्रबार दिउँसो ग १ ख ५२४७ नम्बरका चालक कुशल परियारले सुनको सिक्री भेटाएका थिए । उनले आधा तोलाको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।
उक्त सिक्री भिमाद नगरपालिका-५ ऋषिङपाटन बस्ने २९ वर्षीया मनमाया परियारको रहेको पुष्टिपछि उनलाई बुझाइएको प्रहरीले जनाएको छ ।