बुद्ध मूर्ति निर्माणका लागि गुरुङको एक लाख बढी सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बुद्ध मूर्ति निर्माणका लागि गुरुङको एक लाख बढी सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ एक्लेडॉडामा निर्माण हुने बुद्ध प्रतिमाका लागि गुरुङ मगर सांस्कृतिक एकता समाजका अध्यक्ष एवं नेकपा माओवादी केन्द्र शुक्लागण्डकी अध्यक्ष मनराज गुरुङले एक लाख बढी आर्थिक सहयोग गरेका छन् ।

    उनले जन्मदिनको अवसर पारेर आइतबार रु एक लाख तीन हजार तीन सय३३ को चेक गुरुङ मगर सांस्कृतिक एकता समाजका सचिव अमरराज थापालाई हस्तान्तरण गरेका हुन् । जन्मदिनमा फजुल खर्च नगरी सामाजिक काममा सहयोग गर्न पाउँदा उनले खुसी व्यक्त गरेका छन् ।

    एक्लेडाँडामा २९ फिट अग्लो बुद्ध मूर्ति निर्माणका लागि शिलान्यास भइसकेको छ ।

    यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्धेश्यसहित समाजकै नेतृत्वमा २९ फिट अग्लो बुद्धको मूर्ति बनाउन लागिएको हो ।

    बुद्ध मूर्ति निर्माणका लागि रु एक करोड बजेट लाग्नेछ । समाजले चन्दा सङ्कलन गरी मूर्ति निर्माण गर्ने लक्ष्य राखेको छ ।

    एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । यस ठाउँलाई उजागर र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन एक्लेडाँडा पर्यटन प्रवद्धन समिति गठन गरिएको छ ।