बन्दीपुर हिलमा भोलि बोलबम मेला हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर हिलमा भोलि बोलबम मेला हुने

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८१, आईतवार


    दमौली । पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुरहिलले साउनको पहिलो सोमबारको अवसरमा भोलि वोलबम मेला आयोजना गरिएको छ ।बन्दिपुरहिलमा साउन महिनालाई “शिव महिम्नाहा उत्सव” मनाउने योजना अनुसार साउन ७ गते सोमबार बृहत वोलबम मेला आयोजना गरिएको हो  ।  बोलबम मेलामा भक्तजनहरुका लागि पैदल तथा रोप यात्राको कार्यक्रम रहेको छ । 

    बोलबम कार्यक्रम  बिहान ८ बजे मस्र्याङ्गदी नदीमा पुजा आराधना तथा आरती गरि सुरु हुनेछ । नदी पुजन पछि नदीको जल  लिएर  केवलकार चोकमा चट्टानबाट बनेको सिद्धेश्वर महादेव रुद्राभिषेक तथा पुजा आरधना गर्ने कार्यक्रम रहेको छ । साथै भक्तजनहरुले  केलबकार प्राङ्गणमा  रहेका ३३ कोटी देवी देवताको मुर्तिको दर्शन,शिवजीको विराट ध्यानमग्न मुर्तिको स्वरुप दर्शनको अवसर पाउनेछन् ।

    त्यसैगरी भजन किर्तन  केवलकार सवार गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिनधारा स्थित महादेवको ज्योर्तिलिङ्गको  रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पुजा आरधना गरि बृहत धार्मिक सांस्कृतिक कार्यक्रम सहित फर्केर पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पुजा आरधना गरि केवलकार मार्फत बटम स्टेशनमा फर्किने  कार्यक्रम रहेको छ  ।बेलुका विशेष सन्ध्या आरती गरि वोलबम कार्यक्रम समापन हुनेछ । 

    बोलबमको दिन बिहान ९ बजेदेखि ११बजे सम्म बोलबलमा  सहभागी तिर्थ यात्रीहरुले मात्र २ सयमा केबलकारको यात्रा गर्न पाउनेछन् । धेरै भन्दा धेरै भक्तजनहरुलाई वोलबम मेलामा सहभागी हुने अवसर प्रदान गर्न न्युनतम दरमा टिकट दिने निर्णय गरिएको शिव महिम्नाहा उत्सव आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए ।

    “शिव महिम्नाहा उत्सव” अरु दिनहरुमा पनि विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । साउन महिनाभरि केवलकारको टिकट रु.पाँच सय राखिएको छ जसमा भक्तजनहरुले तीन सय मुल्य बराबरको सात्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क लाभ लिन सक्नेछन् ।
    कम्पनीले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ गते सम्म विभिन्न  धार्मिक एवं  सांस्कृतिक कार्यक्रम संचालन गर्दै आएको छ ।

    श्रावण महिनाका प्रत्येक दिन साँझमा बन्दिपुरहिलको बटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती भइरहेको छ । “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिए । आर्थिक लाभ भन्दा पनि स्थानीयले धार्मिक लाभ उठाउन सकुन् भन्ने उद्देश्यले एक महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजना समितिले जनाएको छ ।