सलिनाको उपचारका लागि तमु समाज इजरायलको ८० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सलिनाको उपचारका लागि तमु समाज इजरायलको ८० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    ६ श्रावण २०८१, सोमबार

    दमौली । आन्द्राको समस्याबाट पीडित म्याग्दे-१ बाख्रे निवासी सलिना गुरुङको उपचारका लागि तमु समाज इजरायलले ८० हजार आर्थिक सहयोग गरेको छ ।

    आर्थिक अभावमा उपचारबाट वञ्चित गुरुङको उपचारमा सघाउ पुर्याउन समाजले ८० हजार सहयोग गरेको हो ।

    उक्त रकम समाजका निवर्तमान उपाध्यक्ष दिल गुरुङले पीडितलाई हस्तान्तरण गरेकी छन् । सामाजिक सञ्जालमा पीडित गुरुङको बारेमा जानकारीमा आएपछि समाजका तर्फबाट उक्त रकम सहयोग गरिएको समाजका अध्यक्ष विन्दु गुरुङले बताइन् ।