‘यो कहाँ दुख्छ’ पुस्तकमाथि विमर्श
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘यो कहाँ दुख्छ’ पुस्तकमाथि विमर्श

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८१, शुक्रबार

    दमाैली । निबन्धकार अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श गरिएकाे छ । स्वतन्त्र विद्यार्थी युनियन, आँबुखैरेनी क्याम्पसले शुक्रबार आयोजना गरेको विमर्श कार्यक्रममा बिएडमा अध्ययनरत विद्यार्थीहरू अनुशा थापा, आशिका बिक र समालोचक अर्जुन कुमार ढकालले किताबबारे आ- आफ्नो पाठकीय दृष्टिकोण र समालोचकीय धारणा राखेका थिए ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीको प्रमुख आतिथ्यता र स्वतन्त्र विद्यार्थी युनियन आँबुखैरेनी क्याम्पसका सभापति निशान मगरको अध्यक्षता रहेको कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम देवकोटा, आँबुखैरेनी वाङ्मय परिषद्का उपाध्यक्ष सानुकाजी थापाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमलाई स्ववियुका सचिव पूजा पोखरेलले सञ्चालन गरेकी थिइन् ।