प्रहरीको नागरिक सुनुवाई कार्यक्रम : आचरण विपरित काम गर्ने प्रहरीलाई कारवाही गर्ने एसपी शाहीकाे प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रहरीको नागरिक सुनुवाई कार्यक्रम : आचरण विपरित काम गर्ने प्रहरीलाई कारवाही गर्ने एसपी शाहीकाे प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८१, बिहीबार

    दमाैली । तनहुँकाे बन्दीपुर गाउँपालिकामा प्रहरीकाे नागरिक सुनुवाई कार्यक्रम गरिएकाे छ । कार्यक्रममा प्रहरी उपरिक्षक वीरेन्द्र शाहीले आम नागरिकको सुरक्षाको विषयमा प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताए ।

    उनले कर्तव्य पालनको सिलसिलामा अनुशासनमा नबस्ने र आचरण विपरित कार्य गर्ने प्रहरीलाई कडा कारवाही गरिने प्रतिवद्धता जनाए ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आमनागरिकको सुरक्षाका लागि गाउँपालिकाले प्रहरीसँग हातेमालाे गरेकाे बताए ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले निर्माणाधीन मुग्लिन पाेखरा सडकखण्डक अन्तर्गत सडक मापदण्डभित्रका संरचना हटाएर सहयाेग गर्न आग्रह गरे । उनले सडक मापदण्ड अनुसार सडक निर्माण गर्न अवरोध गर्न खोजे वा असहयोग गरे बल प्रयोग गरेर भएपनि सडक मापदण्ड विपरितका घर–टहरा हटाईने उल्लेख गरे ।

    कार्यक्रममा स्थानीय इमनाथ खनालले पृथ्वीराजमार्ग विस्तारका क्रममा छापनाहाला खानेपानी योजनाको पाईप अस्तव्यस्त हुँदा पानीकाे समस्या भएकाे गुनासाे गरे ।

    कार्यक्रमका सहभागीले बन्दीपुर पर्यटकीय नगरी भएकाले राति १ बजे सम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, पार्किङको सहज व्यवस्थापन हुनुपर्ने, शान्ति सुरक्षालाई अझै मजबूद बनाउनु पर्ने, हुस्लाङ्ग र सुखौरामा प्रहरी पोष्टको स्थापना गरिनुपर्ने लगायतका माग राखेका थिए ।