हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हेलिकप्टर दुर्घटनाः पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइने तयारी

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८१, बिहीबार

    काठमाडौ । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको पोस्टमार्टम आज हुँदै छ। त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार मृतकको पोस्टमार्टम आज गरेर आजै आफन्तलाई र सम्बन्धित निकायलाई बुझाइने तयारी गरिएको हो ।

    बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत शव सङ्कलन गरी शव परीक्षण तथा अन्य कार्यका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको जनाएको थियो।

    मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले जानकारी दिए ।