नियन्त्रित लागुऔषध सहिद ऑबुखैरेनीमा समातिए चितवनका गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नियन्त्रित लागुऔषध सहिद ऑबुखैरेनीमा समातिए चितवनका गुरुङ

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८१, शुक्रबार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ मा नियन्त्रित लागुऔषध सहित चितवनका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२ बस्ने २८ वर्षीय प्रविन कुमार गुरुङ रहेका छन् ।

    ‌ पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु जॉच गर्ने क्रममा जिल्ला लुकाई छिपाई ल्याएको अवस्थामा डाइजेपाम, फेनरागन र नुफिन बरामद भएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।