बन्दीपुर केबलकार मंगलबार र बुधबार बन्द हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर केबलकार मंगलबार र बुधबार बन्द हुने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित केबलकार दुई दिन बन्द हुने भएको छ। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड अन्तर्गत पर्ने बन्दीपुर केवलकार परियोजनाले सुरक्षित एवम् गुणस्तरीय केवलकार सेवा प्रदान गर्दै आएकामा मंगलबार र बुधबार मासिक रुपमा अनिवार्य मर्मत सम्भार गर्न केबलकार बन्द हुन लागेको हो ।

    केबलकारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । बन्दीपुर-४ ठूल्ढुंगाबाट सुरु हुने केबलकार बरालथोकसम्म पुग्छ।