दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा इन्धनमा ब्रम्हलुट गरिएको छ । नगरपालिकाले दुई आर्थिक वर्षमा इन्धनमा मात्रै एक करोड २५ लाख ११ हजार एक सय ११ खर्च गरेको छ ।
नगरपालिकाले कार्यालय प्रयोजनका लागि मात्रै नभई जथाभाबी अन्य व्यक्तिहरुलाई समेत इन्धन बॉडेको छ । अतिथि सत्कारका नाममा कार्यालयले अन्धाधुन्ध इन्धन वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा इन्धनमा ७६ लाख ९६ हजार ६ सय २६ र २०८०/८१ मा ४८ लाख १४ हजार ४ सय ८५ खर्च भएको छ ।