तनहुँमा डेङ्गुको बढ्दो ग्राफ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा डेङ्गुको बढ्दो ग्राफ

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८१, बिहीबार

    दमौली । तनहुँमा दिनप्रतिदिन डेङ्गु सङ्क्रमित थपिने क्रम बढ्दो छ । जिल्लाका नौ स्थानीय तहमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय तनहुँका अनुसार घिरिङ भने सङ्क्रमितको सङ्ख्या शुन्य छ ।

    कार्यालय सूचना अधिकारी सुदीप कंडेलका अनुसार जिल्लामा एक हजार छ सय सात जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये व्यास नगरपालिकामा एक सय ४७, शुक्लागण्डकी नगरपालिकामा एक सय ६९, भीमाद नगरपालिकामा ६, भानु नगरपालिकामा नौ, म्याग्दे गाउँपालिकामा ११, बन्दीपुर गाउँपालिकामा एक सय चार, ऑबुखैरेनीमा एक हजार एक सय ५५, ऋषिङ गाउँपालिकामा तीन र देवघाट गाउँपालिकामा तीन जनामा डेङ्गु पुष्टि भएको छ ।

    जिल्लामा यसवर्ष ऑबुखैरेनी डेङ्गुको हटस्पट बनेको छ । कूल सङ्क्रमितको ७१ प्रतिशत ऑबुखैरेनीमा छन् ।

    तनहुँमा साउनदेखि डेङ्गु सङ्क्रमणको ग्राफ उकालो अवस्थामा छ । साउनको पहिलो साता ४७, दोस्रो साता एक सय ४३, तेस्रो साता दुई सय ८७, चौथो साता तीन सय ३८, पॉचौ साता तीन सय ५७ जनामा डेङ्गु भएको थियो । यस्तै भदौ पहिलो साता तीन सय १८ र दोस्रो साता ९५ मा डेङ्गु देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।