संविधान दिवसमा तनहुँमा दीप प्रज्ज्वलन (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संविधान दिवसमा तनहुँमा दीप प्रज्ज्वलन (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८१, बिहीबार

    दमाैली । संविधान दिवसको अवसरमा तनहुँको सदरमुकाम दमौलीमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । संविधान दिवसलाई उल्लासमय रुपमा मनाउने निर्णय बमोजिम रोटर्याक्ट क्लव अफ दमौली, नेपाल विद्यार्थी सङ्घ तनहुँले व्यास नगरपालिका–३ अनसन चौतारीमा दीप प्रज्ज्वलन गरिएको हो ।

    दीप प्रज्ज्वलनमा वृद्धदेखि बालबालिकासम्म सहभागी भएका छन् । नेपालको राष्ट्रिय झण्डा बनाएर दीप प्रज्ज्वलन गरिएको नेपाल विद्यार्थी सङ्घ तनहुँका कार्यवाहक अध्यक्ष आशिष कैनीले जानकारी दिए।

    रोटर्याक्ट क्लव अफ दमौलीले आयोजना गरेको दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल लगायत सहभागी भएका छन् ।

    संविधान दिवसका अवसरमा जिल्लाभर दीप प्रज्ज्वलन गरिएकाे छ ।