शनिबार तनहुँका दुई र गोरखाका एक पालिकामा विद्युत अवरुद्ध हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शनिबार तनहुँका दुई र गोरखाका एक पालिकामा विद्युत अवरुद्ध हुने

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०८१, बिहीबार

    दमौली । तनहुँका दुई र गोरखाका एक पालिकामा असोज ५ गते शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र अन्तर्गतको डुम्रे सब स्टेशनको ब्रेकर स्वीच गियर्स प्यानलहरु बदली गर्ने कार्यका लागि तनहुँको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाको सबै क्षेत्रहरुमा उक्त दिन बिहान ६ बजेदेखि सॉझ ५ बजेसम्म विद्युत अवरुद्ध हुन लागेको हो ।

    डुम्रे सव स्टेशनमा पोखरीछाप, बन्दीपुर, डुम्रे र पालुङ्गटार फिडरको पुरानो ११ के.भि. स्वीच गियर प्यानलहरु वदली तथा चार्ज गरिने तनहुँ वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिए ।