तनहुँमा सत्तारुढ कांग्रेस-एमालेको बैठक : समान धारणा बनाएर अघि बढ्ने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सत्तारुढ कांग्रेस-एमालेको बैठक : समान धारणा बनाएर अघि बढ्ने सहमति

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    दमौली । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस र नेकपा एमाले तनहुँका नेताहरुको बैठक शुक्रबार सम्पन्न भएको छ । एमाले पार्टी कार्यालयमा बसेको बैठकले समसामयिक विषयमा समान धारणा बनाउने सहमति गरेको छ ।

    सुशासन, विकास निर्माण, जिल्लाका महत्वपूर्ण योजनाका विषयमा दुवै दलले समान धारणा बनाउने र रोकिएका आयोजना सम्पन्न गराउन पहल गर्ने निर्णय गरेको एमाले तनहुँका अध्यक्ष हरिराज कंडेलले खबरपुञ्जलाई जानकारी दिए ।

    उनले भने, ‘जनतामा भएको निराशा हटाउने विषयमा पनि छलफल भयो । दुवै पार्टीका तल्लो तहसम्म पार्टीबीच हार्दिकता कायम गर्दै अगाडी बढ्ने छलफल भएको छ ।’

    दुवै पार्टीको संयुक्त बैठक प्रत्येक महिनाको एक पटक बस्ने निर्णय गरिएको छ ।

    एमाले अध्यक्ष कंडेलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज केदार सिग्देल, केन्द्रीय सल्लाहकार सदस्य पिएल श्रेष्ठ, निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष राजेश्वर ढकाल, सचिव प्रदीपराज अधिकारी सहभागी थिए ।

    कांग्रेसका तर्फबाट सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी सहभागी थिए।