दमौली । तनहुँका जीवनप्रकाश लम्साल सहित १५९ अधिवक्ताले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको असोज १० गतेको पूर्ण बैठकले १५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
वरिष्ठ अधिवक्ताको उपाधि पाएका लम्सालले विसं २०४८ सालमा अधिवक्ताको प्रमाणपत्र लिएका थिए ।