म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा व्यवसाय दर्ता अभियान उत्साहका रूपमा सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०८१, सोमबार

    दमौली। म्याग्दे गाउपालिकाकाे आयाेजना र तनहुँ उधाेग वाणिज्य सघ थर्पु वजार ईकाइ समितिकाे सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएकाे छ । गाउँपालिकाभित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएकाे हाे ।

    गाउँपालिका भित्र सन्चालन भएका व्यवसायीलाई पटक पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआएपश्चात अभियानकै रूपमा दर्ता गरेको आर्थिक विकाश शाखा प्रमुख (अधिकृत साताै) प्रदिप न्याैपानेले बताए । पहिलाे चरण अन्तगत वडा न १, २ र ३ वडामा हाेटल, किराना, कृषि , मासुपसल, स्टेशनरि,परामर्श लगायत सचालनमा रहेका व्यवसायी दर्ता तथा सुचिकृत गरिएको अधिकृत न्याैपानेले बताए ।

    तीन वटै वडामा गरि १ सय ५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उधाेग वाणिज्य सघ थर्पु ईकाइसँग सल्लाह गरेर कार्यतालिका बनाएर अभियान सन्चालन हुने अधिकृत न्याैपानेले जानकारी दिए ।

    व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारि निकायमा दर्ताका कागजपत्रका अधारमा हुने छ । साेहि अवधिमा व्यवसायीकाे सहजका लागि फाेटाेकपि लगायतका कार्य नि:शुल्क हुने छ ।

    थर्पु वजार ईकाइ समितिका सभापति सुन्दरमणि अधिकारिले गाउँपालिकाले व्यवसायिकाे हितमा कार्य गर्ने र कानुनि दायरामा ल्याउन सुचना प्रकाशन गरेपश्चात व्यवसायी संस्था सहयात्री भएकाे बताए । स्थानीय सरकारसँग गाउँपालिका भित्र सचालन हुने उद्योगी, व्यवसायीकाे प्रत्यक्ष सलग्नता हुने हुँदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेका छाै अध्यक्ष अधिकारिले भने,” अभियानलाई सफल वनाउन वजार ईकाईका सवै पदाधिकारी र सदस्य लागेका छाै” ।

    म्याग्दे गाउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायीलाई सजिलाेकाे लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएकाे बताए । उद्योग, व्यवसाय सन्चालन गरेका व्यवसायिकाे तथ्यांक सकलनका लागि पनि यस अभियान प्रभावकारी हुने अपेक्षा उपाध्यक्ष घिमिरेकाे छ ।

    उधाेग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायी अनिवार्य रूपमा आउन गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आग्रह गरेका छन् ।

    उद्योगी व्यवसाया उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसाका साथ दर्ता भएका छन् । मंगलवार धयरे बजारमा सन्चालन भएकाे व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् ।