अवरुद्ध सडक खुलाउन र क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवरुद्ध सडक खुलाउन र क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न माग

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँले बाढी पहिराले अवरुद्ध भएको सडक तत्काल खुलाउन र क्षति भएको झोलुङ्गे पुल मर्मत गर्न माग गरेको छ । रास्वपा तनहुँ कार्यसमितिले शुक्रबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाउँदै पहिराले अवरुद्ध भएको बुद्धसिंह मार्ग लगायतका ग्रामीण सडक तत्काल खुलाउन माग गरेको हो ।

    विभिन्न मितिमा आएको बाढी पहिराका कारण ग्रामीण सडक क्षतिग्रस्त भई चाडवाडको समयमा आवागमनमा असुविधा भएको र यात्रा जोखिमपूर्ण भएकाले तत्काल सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सम्बन्धित पालिकाहरुसँग समन्वय गरी सडक मर्मत गरी दसैंमा सहज आवागमनको व्यवस्था मिलाउन माग गरिएको रास्वपा तनहुँ सभापति विश्व बास्तोलाले जानकारी दिए ।

    त्यस्तै जिल्लाको दक्षिणी भेगलाई राजमार्गसँग जोड्ने एकमात्र घुमाउनेघाटको झोलुङ्गे पुललाई बाढीले क्षति पु¥याइ आवागमन जोखिमपूर्ण भएकाले तत्काल मर्मत सम्भार गरी सुरक्षित आवागमनको व्यवस्था मिलाउन माग गरिएको बास्तोलाको भनाइ छ ।

    यसैगरी अभाव, अप्ठ्यारो अवस्था र चाडबाडका बेलामा चोरी, डकैती तथा आपराधिक घटना बढ्ने भएकाले सुरक्षा व्यवस्था तथा चाडपर्व लक्षित घटना नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गर्न प्रजिअसँग माग गरिएको छ ।

    चाडपर्व नजिकिदै गरेको अवसर पारेर दैनिक उपभोग्य सामानको बजारमा कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारले प्रश्रय पाएको, भ्रमपूर्ण विज्ञापन गरी उपभोक्तालाई झुक्याउने प्रयास गरिएको, मूल्यसूची स्पष्ट नराखिएको, चाडपर्वको मौका छोपी मूल्यवृद्धि गरिएको गुनासो आएकाले यस विषयमा तत्काल अनुगमन गर्न माग गरिएको छ ।