ढोरवाराही मन्दिरको प्रबद्र्धनमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ढोरवाराही मन्दिरको प्रबद्र्धनमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमाैली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध ढोरावाराही मन्दिरको विकास र प्रबद्र्धनलाई सङ्घ सरकारले प्राथमिकता दिने बताएका छन् ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरवाराही मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालिन विकास सम्बन्धी शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस ठाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेकाले यसको विकासमा सरकारको ध्यान जाने उल्लेख गरे ।

    गण्डकी प्रदेश सरकारले दश गन्तव्यमध्ये एउटा गन्तव्य ढोरवाराहीलाई बनाएको बताउँदै मन्त्री पाण्डेले भने, “यसै वर्ष यस ठाउँको प्रोफाइल बनाउने गरी नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराउनेछु । त्यसो भएको खण्डमा यस ठाउँको थप विकासमा टेवा पुग्नेछ ।”

    मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस मन्दिरको धार्मिक महत्वका बारेमा हामी सबै जानकार छौ । स्थानीय, प्रदेश र सङ्घ सरकार मिलेर यसको प्रबद्र्धनमा जुट्नुपर्छ ।”

    तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले ऐतिहासिक र धार्मिक महत्व बोकेको ढोरवाराहीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, पूर्वमन्त्री आशा कोइराला, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले ढोरावाराही धार्मिक सांस्कृतिक गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिए ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारका तर्फबाट यस क्षेत्रको विकासका लागि आफूहरु लागिपरेको ब ।ताए

    मनोकाङ्क्षा पूरा हुने जनविश्वासकासाथ ढोरवाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।