बाढीले जोखिममा परेको घुमाउने पुलको आँबुखैरेनीले मर्मत गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    बाढीले जोखिममा परेको घुमाउने पुलको आँबुखैरेनीले मर्मत गर्ने

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८१, शुक्रबार

    दमौली । गत असोज ११ र १२ गते त्रिशुली नदीमा आएको बाढीले जोखिममा परेको घुमाउने पुलको आँबुखैरेनी गाउँपालिकाले मर्मत गर्ने भएको छ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका – २९ घुमाउनेमा रहेको झोलुङ्गे पुल त्रिशुली नदीको बाढीले जोखिममा परेपछि गाउँपालिकाले यसको मर्मत गर्न लागेको हो।

    गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अनुगमन गरेका छन् । त्यसक्रममा प्राविधिकको समेत सहभागिता थियो ।

    दसैका बेला पुलबाट आवतजानत गर्ने सर्वसाधारणलाई सास्ती भएपछि पालिकाले तत्कालै मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाउने चुमानले खबरपुञ्जलाई बताए ।

    सोही ठाउँ नजिक पक्की पूल निर्माण थालिएपनि दश वर्षदेखि उक्त पुलको जम्मा प्रगति ४० प्रतिशत मात्रै छ । घुमाउनेका सर्वसाधारण झोलुंगे पुल प्रयोग गरी मुग्लिन नारायणगढ खण्डमा निस्कने गर्छन् ।